गाउँपालिकाको १३अ‍ौं हिउदे अधिवेशन सम्पन्न

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको १३ औं हिउदे गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। गाउँ सभाको उद्घघाटन गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गर्नु भएको थियो। विहिवार गाउँपालिकाको सभाहल मा सम्पन्न सभाले विभिन्न १५ वटा कार्य सुचीहरु पारित गरेको गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताउनु भयो।

जस अन्तर्गत गाउँपालिका अध्यक्ष द्वारा १३औं अधिवेशन आह्वान गरेको पत्रको जानकारी ,शुभकामना मन्तव्य ,शून्य समय, १२औं गाउँसभावाट स्वीकृत भएका आयोजना तथा कार्यक्रमको रकमान्तर र वजेट संसोधन एवम् वचत वजेटवाट नयाँ योजना स्वीकृत गर्ने प्रस्ताव पारित भएका छन्। यस्तै सार्वजनिक लेखा समितिका संयोजक दुर्गाप्रसाद आचार्य द्वारा प्रस्तावित आर्थिक वर्ष २०७८र०७९ सम्मको वेरुजु परिक्षण,गाउँपालिका अध्यक्ष रोसन द्वारा प्रस्तावित आर्थिक वर्षल२०७९र०८०को हाल सम्मको खर्च अनुमोदन ,गाउँकार्यपालिका द्वारा गरिएका सम्पुर्ण निर्णयहरु पारित,आर्थिक वर्ष २०७९र ८०मा गाउँकार्यपालिका वैठकले पारित गरेका नियमावली,कार्यविधि ,निर्देशिका मापदण्ड अनुमोदन,गाउँपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति अनुमोदन लगाएतका प्रस्ताव समेत पारित भएको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।

साथै अध्यक्ष रोसन द्वारा प्रस्तावित आर्थिक वर्ष २०७९र०८०को अर्धवार्षिक समीक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित सम्पुर्ण योजनाहरु अनुमोदन,माण्डवी गाउँपालिका ४फरिण्डेमा असोज २३को पहिरोवाट ज्यान गुमाएका एकै परिवारका छजना प्रति शोक प्रस्ताव ,सहयोगि निकायहरु प्रति धन्यवाद ,उत्कृष्ट कर्मचारी प्रोत्साहन तथा पुरस्कार र गाउँसभाको १३औं हिउदे अधिवेशन अन्त्य लगाएतका विभिन्न १५ वटा कार्यसुचि तथा प्रस्तावहरु गाउँसभाले पारित गरेको हो। आर्थिक वर्ष २०७९र०८०मा विनियोजित कुल वजेट रकम रु. ४१,१६,४००० मध्ये हाल सम्म ८,३९,७५,५१५ रुपैया ४५ पैसा खर्च भएको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।प्रतिशतका हिसावले २०।४प्रतिशत मात्र विकास वजेट खर्च भएको छ। १२औ अधिवेशनवाट विभिन्न शिर्षकमा विनियोजित वजेट यस अधिवेशन मार्फत आवश्यकता वमोजिम रकमान्तर समेत गरिएको उहाँले बताउनु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation