माण्डवीले गर्यो उत्कृष्ट कर्मचारी सम्मान

प्युठान । माण्डवी गाउँपालिकाले गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।आज गाउँपालिका को सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनका अवसरमा कर्मचारीहरुलाई सम्मान गरिएको हो। जस अन्तर्गत गाउँपालिकामा कार्यरत अधिकृत छैटौं बलराम पौडेल ,वडा नं .३मा कार्यरत वडा सचिव सहायक पाचौँ माधवा घिमिरे ,वडा नं।२मा कार्यरत असिस्टेन्ट सव ओवरसेर एग्य बहादुर खड्का, तिराम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बासुदेव घर्ती, माण्डवी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी मदन घिमिरे,तिरामकी महिला स्वास्थ्य स्वयंसेवीका सुसिला वोहोरा क्षेत्री सम्मानित हुनु भएको गाउँपालिकाले जनाएको छ।

कार्यसम्पादन स्व(मुल्यांकन र वाह्यि गरि दुई विधिवाट जम्मा ७५अङ्कमा मुल्यांकन गरिएको गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनु भयो।सम्मानित सव‌ै कर्मचारीहरुलाई टीका,खादा ,प्रमाणपत्र र नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयो।यस अघि वसेको कार्यपालिकाको वैठकको निर्णय अनुसार कर्मचारी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले बताउनु भयो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation