उपकार अनलाइन, प्युठान ।
प्युठानको माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ ।
गाउँपालिका क्षेत्र भित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रबृती दिन ५ लाख रुपिया बिनियोजन गरिएको गाउपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले उपकार अनलाइनलाई जानकारी दिनु भयो।
आज (बिहिबार) पालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३ औं हिउदे गाउसभाले उक्त निर्णय गरेको हो। जसले गाउँपालिका अवस्थित गरिव तथा जेहेन्दार व्यक्तिहरुलाई विशेष सहयोग र अवसर मिल्ने गाउँपालिकाको विस्वास लिएको उहाँको भनाई छ। उहाँले एक फरक प्रसङ्गमा गाउँपालिकाले महत्वकांक्षी र उदाहरणीय कार्यको थालनी गरि सकेकाले आम माण्डवी वासीहरुको माग, आवश्यकता र समस्यालाई केन्द्रविन्दुमा राखेर निष्पक्ष र पारदर्शी ढङ्गले कार्यसम्पादनमा जुट्ने समेत प्रतिवद्धता जनाउनु भयो।