उपकार अनलाइन, प्युठान।
प्युठानको माण्डवी गाउँपालिकामा वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका सभाहल जस्पुरमा आइतवार सम्पन्न अभिभुकिकरण कार्यक्रमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्युठानका उप प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी ,वडा नं.२ का अध्यक्ष प्रकाश ओली,वडा नं.३का अध्यक्ष धनेन्द्र कार्की,वडा नं.४का अध्यक्ष डिल बहादुर घर्ती मगर ,र वडा नं.५ का अध्यक्ष दुर्गाप्रसाद आचार्य सहित गाउँपालिकामा कार्यरत विभिन्न विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख रेग्मीले वित्तीय सुशासन कायम राख्न सम्वन्धित सवै निकायहरु उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।यस्तै गाउँपालिका अध्यक्ष रोसनले गाउँपालिकामा मात्र नभई नेपालका सवै वित्तीय सरकारी एवम् गैरसरकारी निकायहरुमा सुशासन हराउँदै जान लागेको संकेत गर्दै समयमै जिम्मेवार बनी लयमा फर्काउन निर्देशन दिनु भयो।साथै अध्यक्ष रोसनले आफू पालिका सरकारको प्रमुख भएको हैसियतले वित्तीय सुशासन कायम गर्न सधै प्रयासरत र प्रतिवद्ध रहेको बताउनु भयो। यता गाउँपालिका उपाध्यक्ष कालाथोकीले आफू गाउँपालिका उपाध्यक्ष भएको हैसियतले अनुगमन समितिको संयोजक रहेको स्मरण गराउँदै कुनै पनि आयोजनारपरियोजना सम्पन्न नहुँदै भुक्तानी दिने परम्पराको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
साथै उपाध्यक्ष कालाथोकीले कार्यक्रम अत्यन्त सफल र प्रभावकारी ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै कार्यक्रमले गाउँपालिकाको समग्र वित्तीय क्षेत्रमा लोप हुनै लागेको सुशासनलाई पुनस्ट्रयाकमा फर्काउने समेत विस्वास व्यक्त गर्नु भयो। कार्यक्रम प्रदेश सुशासन केन्द्र नेपालगन्ज वाँकेको आयोजनामा सम्पन्न भएको हो।