भिरबाट लडेर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation