कपिलवस्तु । कपिलवस्तुमा क्रिकेट प्रेमी भएपनि न्युन प्रतियोगिताले गर्दा खेलाडी उत्पादनमा असर परेकाले, खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यले जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज सेमिफाइनल खेल सम्पन्न भएको छ । खेल कपिलवस्तु किंग्स क्रिकेट क्लब र मास्टर इलाभेन क्लब बीच भएको थियो ।
जसमा टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तु किंग्सले निर्धारित २० ओभरमा ४ बिकेट गुमाउदै ७७ रनको सामान्य लक्ष्य दिएको थियोे । जवाफी ब्याटिङमा मास्टर इलाभेनले ११ ओभरमा ४ विकेटको क्षतिमा जित निकाल्दै फाइनल प्रवेश गरेको छ । जित सगै उत्कृष्ट प्रदर्शन गरेर म्यान अफ द म्याच शिव कुमार माउरी भएका छन् ।
फाइनल आगामी शनिबार स्टार क्रिकेट क्लब र मास्टर इलाभेन विच हुने भएको आयोजकबाट मोहमद साहिल इदरिसी ले जानकारी दिनुभयो ।