स्थानीय सरकार सवै क्षेत्रसँग सहकार्य गरि अगाडि वढ्छः अध्यक्ष रोसन

उपकार अनलाइन, प्युठान ।
साना किसान कृषि सहकारी सस्था लि. माण्डवी गाउँपालिका ३ जस्पुर प्युठानको चौथो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।
कार्यक्रमको उदघाटन माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले बत्तीबालेर तथा ब्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष रोसनले बचत आजको लागि भन्दा पनि भोलिको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, स्थानीय सरकार सबै सँग हातेमालो गर्दै अगाडि पढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।साथै गाउँपालिका अध्यक्ष रोसनले साधारण सभावाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भयो।

कार्यक्रमकै अवसरमा सहकारीका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाता केउरी देबि थापालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । साधारण सभामा माण्डवी–३ का वडा अध्यक्ष धनेन्द्र कार्की, सस्थाका साधारण सदस्य, बुद्धिजीवी, समाजसेबि लगायतको सहभागीता रहेको सहकारीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation