ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न : मेयर पौडेल

कपिलवस्त । कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५ बर्ष भित्र नगरको मुहार फेरिने गरी विकास गरिने बताए ।

उनले हुलाकी बाटो निर्माण संपन्न भए पनि लाईटिङको ब्यवस्था नहुदा समस्या आएको भन्दै नगरको सुन्दरीकरणकालागि पनि जमुहार देखि छोटकी तौलिहवा सम्म हुलाकी सडक आयोजनाको सहयोगमा लाईटिङको ब्यवस्था हुने बताए ।

गब्दाहवामा छाडा चौपायाको स्थायी ब्यवस्थापन, ताल तलैयाको संरक्षण र सुन्त्दरीकरण, बिद्यालयका भौतिक अवस्थाको सुधार, । १२ वटै वडामा डिटिल वडा पत्र निर्माण, लगायतका काम समेत यसै बर्ष हुनेछ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation