
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटको क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दाहाल यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। सानो आकारको मन्त्रिमण्डल बनाए पनि सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
दुई शीर्ष नेताको भेटमा सभामुखको निर्वाचनबारेपनि छलफल भएको छ। आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ।
नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको चयन गर्नुपर्छ।