उपकार अनलाइन, प्युठान ।
नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
माण्डवी गाउँपालिका ३ देविस्थानमा शनिवार सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशकी उपमहासचिव सिर्जना पण्डित तथा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको विशेष आतिथ्यता रहेको थियो। साथै अधिवेशनमा नेपाली काङ्ग्रेस प्युठानका सदस्य रामचन्द्र पौडेल र कमला कामी ,नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका उपसभापति रिषी अधिकारी लगाएको आतिथ्यता रहेको थियो।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले संगठनलाई चुस्त ,दुरुस्त र थप क्रियाशील बनाउन आ–आफ्नो क्षेत्रबाट अग्रसर रहन नवगठित कार्यसमितिलाई निर्देशन दिनु भयो। कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशकी उपमहासचिव पण्डित ,सभापति अधिकारी , र नेता पौडेलले धारणा राख्दै शिक्षकहरुको हक हितमा न्याय र निष्पक्ष ढंगले क्रियाशील रही संगठन सुदृढीकरणमा समेत निरन्तर कटिबद्ध रहन सुझाव दिनु भयो।
अधिवेशनले जित बहादुर रोकाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति अधिकारीले जानकारी दिनु भयो। जसको उपाध्यक्षमा शान्ता सापकोटा र बुद्धिराज खनाल चयन हुनु भएको छ । यस्तै सचिवमा लोकमणी अधिकारी चयन हुँदा अर्थ सचिव र सहसचिवमा भने जगन्नाथ गौतम र बोधिराज घिमिरे निर्विरोध चयन हुनु भएको छ।साथै अधिवेशनले ९ सदस्यीय जिल्ला प्रतिनिधि समेत चयन गरेको छ।