
प्युठान । युनिसेफ नेपाल र सिद्धाथ सामाजिक बिकास केन्द्र कपिलवस्तुको साझेदारीमा प्युठानको माण्डवी गाउँपालिकामा बिपद तथा जोखिममा परेका बालबालिकाहरुलाइ आर्थिक सहयोग गरिएको छ ।गाउँपालिकाको वडा न १ तिराम,वडा नं।२ मर्कावाङ्ग र वडा नं। ५ रम्दीका विभिन्न आठ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।
सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकिले वालवालिकाहरुलाई शिक्षा,स्वास्थ लगायतका अत्यावश्यक क्षेत्रमा मात्र सो रकम खर्च गर्न आग्रह गर्नु भयो। कार्यक्रममा सामाजिक परिचालिका जया पोख्रेल,मधु सुनार र सम्वन्धित बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मार्फत प्रति वालवालिकालाई नगद रु ।पाँच हजार रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको थियोे।विपद् तथा जोखिममा परेका वालवालिकाहरुको शिक्षा क्षेत्रमा थप सहयोग तथा सहानुभूति प्रदान होस् भन्ने हेतुका साथ उक्त रकम हस्तान्तरण गरिएको आयोजकको प्रतिक्रिया छ।