
उपकार अनलाइन, प्युठान ।
नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीको पालिका स्तरीय वैठक सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ जस्पुर स्थित पार्टी कार्यालयमा आज सम्पन्न वैठकमा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको सभापतित्व रहेको थियो।वैठकमा स्थानीय निर्वाचन , प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन ,स्थानीय निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिको कार्यप्रगति तथा पार्टीको भावी रणनीति एवम् कार्यदिशा लगाएका विषयमा समीक्षा भएको थियो।वैठकमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी,वडा नं.२का अध्यक्ष एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि प्रकाश वली,नेपाली काङ्ग्रेस प्युठानका सदस्य रामचन्द्र पौडेल, माण्डवी गाउँकमीटीका उपसभापति ऋषि अधिकारी ,सचिव तथा माण्डवी गाउँकार्यपालिका सदस्य वालिका नेपाली ,५ वटै वडाकमीटिका सभापतिहरु सहित विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताको सभागितामा रहेको थियो।वैठकले पार्टीको काम,कारवाहीलाई चुस्त दुरुस्त वनाई एकतावद्ध र सुदृढ ढङ्गले अगाडि बढाउने निर्णय गरेको सभापति अधिकारीले बताउनु भयो।यस्तै गत स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न समेत पार्टीले निर्देशित गरेको छ।पार्टीले स्थानीय निर्वाचन भन्दा संघ तथा प्रदेशको निर्वाचनमा गठवन्धन दल भित्र अविश्वास वढेकाले अपेक्षाकृत परिणाम नआएको पनि स्वीकारेको छ।वैठकको सहजीकरण सचिव नेपालीले गर्नु भएको थियो।