उपकार अनलाइन, प्युठान।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले डामृखोला -खरिबाङ -धन्चौर ,ग्यान बैजेरी -कुइरेपानी हुँदै भातमारे मुर्कुटी जाने सडकको अबलोकन गर्नु भएको छ । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि अध्यक्ष रोसनले समयमा नै काम सप्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै स्थानीय सरकार सधै जनताको साथमा रहेको र जनताको समस्या पहिचान गरि समाधान गर्न तर्फ सधैं लागिरहने बताउनु भयो ,यस्तै अध्यक्ष रोसनले आजै भातमारे लेखमा निर्माण हुनलागेको पर्यटकिय स्थलको पनि निरीक्षण गर्नु भएको छ । निर्माणाधीन संरचनाको काम समयमै सम्पन्न गर्नुका साथै गुणस्तरीय र प्राविधिक मापदण्ड अनुसार गर्न सम्वन्धित पक्षलाइ उहाँले निर्देशन दिनु भयो।अबलोकनमा वडा नं-२ का वडा अध्यक्ष प्रकाश वली,वडा सदस्य यम बहादुर पुन,समाजसेवी छबिलाल पुन लगायत सरोकारवाला,उपभोक्ता र स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।