कपिलबस्तुबाट रौतहट सरुवा हुनुभएका जिल्ला प्रमुख मिश्रालाई विदाई

विजयनगर  ।  कपिलबस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् ।

सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका लागि शान्ति सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । साथै जिल्लामा दुई वटा निर्वाचन स्थानिय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई पनि भय रहित बातावरणमा सम्पन्न गरेको बताउनुभयो । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा सहजता ल्याउन सक्दो प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल र कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले सयुक्त रुपमा विदाई तथा सम्मान गर्नु भएको छ । साथै पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यद्धारा पनि खाँदा लगाएर विदाई गरिएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation