पाल्पा-गुल्मी सडक एक महिनासम्म दैनिक १२ घन्टा बन्द हुने

बुटवल । सडक चौडा पार्नका लागि पाल्पा गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।

डिभिजन सडक कार्यालय पाल्पाले बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने भएकाले सोही अनुसार बाटोको प्रयोग गर्न सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने बताएका छन्।

यो सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्ने भएपनि धेरैलाई यो बाटोको रूट जानकारी छैन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation