भोली बाणगङ्गा सामुदायिक पुस्तकालयको स्थापना दिवस मनाइदैं

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बाणगङ्गा सामुदायिक पुस्तकालयले भोली (विहिवार) सरस्वती पुजाको दिन पुस्तकालयको सातौ स्थापना दिवस एबम छैठौं साधारणसभा गर्ने भएको छ ।

बाणगंगाको जितपुरमा रहेको पुस्तकालयले स्थापना दिवसको अवसरमा विभिन्न बिधाका तीन जना श्रष्ठालाई सम्मान समेत गर्न लागेको पुस्तकालयका सचिव बुद्धिसागर वेल्वासेले जानकारी दिनुभयो । जिल्लामा रहेर साहित्यको बिधामा महत्त्वपूर्ण योगदान गरेका तीन जना व्यक्तिलाई बिगतका बर्ष देखि नै सम्मान गर्दै आएको र यस वर्ष पनि सम्मान गर्न लागेको वेल्वासेले बताउनुभयो ।

सम्मान पुरस्कारको व्यवस्था बाणगंगाका शैक्षिक एबम सामाजिक ब्याक्तित्व बासुदेव घिमिरेले गर्नुभएको हो । भोलि बिहान ११ बजे चार नम्बर मिनि मार्केट स्तिथ पुस्तकालयको परिसरमै उक्त कार्यक्रम गरिने छ । जिल्लामा रहनु भएका सबै पुस्तक प्रेमी पाठकहरुलाइ पुस्तक को महत्त्व बारे बुझ्नका लागि कार्यक्रम मा उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation