८ दिने उद्यमशीलता विकास तालिम सुरु

प्युठान । प्युठानको माण्डवी गाउँपालिका १ तिराममा व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।वडा अध्यक्ष वाम वहादुर वुढाको अध्यक्षता सँगै आज देखि सुरु भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा वडा सदस्य तुलसा दमाई , गाउँपालिकाका रोजगार संयोजक भेषराज अधिकारी ,वडा सचिव रेसम अधिकारी ,कम्प्युटर अपरेटर तुफान अधिकारी ,रोजगार सहायक चन्द्र बहादुर कार्की,लघु उद्यम सहजकर्ता टोप बहादुर खत्री लगाएको आतिथ्यता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्द‌ै प्रमुख अतिथि समेतरहनु भएका गाउँपालिका अध्यक्ष रोसनले तालिमको व्यवहारिक कार्यान्वयनमा जोड दिनु भयो।गाउँपालिका अध्यक्ष रोसनले यस तालिमवाट सिकेका कुराले सहभागिलाई सफल उद्यमी वन्न प्रेरित गर्ने विस्वास व्यक्त गर्दै त्यस तर्फ केन्द्रित वन्न उपस्थित सहभागिहरुलाई निर्देशन समेत दिनु भयो।उहाँले तालिम पश्चात् उद्यमीले सञ्चालन गर्ने उद्यमरव्यवसायको विस्तारका लागि सम्वन्धित लघु उद्यमीसँग स्थानीय सरकारले निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो।तालिमको उद्देश्य अनुसार उपलब्धि हुनु पर्ने अध्यक्ष रोसनको आसय थियो।

यस्तै गाउँपालिका उपाध्यक्ष कालाथोकीले तालिमा सिकेका कुराले सहभागिहरुलाई उद्यमी वन्न सहजता प्रदान गर्ने अपेक्षा राख्नु भयो।यस्तै उपाध्यक्ष कालाथोकीले सीप सिकेर निरन्तर काम गर्ने उद्यमीलाई स्थानीय सरकारले प्रोत्साहन स्वरुप आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्नु भयो।उता वडा अध्यक्ष वुढाले तालिमको व्यवहारिक कार्यान्वयन गर्न नसक्ने सहभागी तालिममा उपस्थित नहुन निर्देशन दिनु भयो।२५ जना सहभागि रहेको तालिम आज देखि निरन्तर माघ १९ गते सम्म अर्थात् ८दिन सम्म सञ्चालन हुने गाउँपालिकाको लघु उद्यम विकास शाखाले बताएको छ।तालिममा सम्वन्धित विषयमा प्रशिक्षक फुर्स बहादुर नेपालीले प्रशिक्षण दिनुहुनेछ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation