गुल्मी । भविश्य निर्माण साना किसान कृषि सहकारी सस्था लि.छत्रकोट गाउँपालिका–६ गैरिखुट्टा गुल्मीको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ ।
संस्थाको कार्यालय गैरिखुट्टामा सम्पन्न साधारण सभामा संस्थाको आ.व २०७८/०७९ को कुल आम्दानी २५ लाख १६ हजार ९ सय ८३ रुपैया ३३पैसा , कुल खर्च १३ लाख १४ हजार ९ सय ७० रुपैयाँ ६७ पैसा , वार्षिक नाफा १२ लाख ०२हजार १२ रुपैयाँ ६७ पैसा को आम्दानी खर्चको विवरण पेश गरिएको थियोे । छत्रकोट ५ खर्ज्याग र छत्रकोट ६ दौघाका कुल ७१० सेयर सदस्य रहेको सहकारीमा सबै सेयर सदस्य महिला रहेका छन्। चार बर्ष अघि स्थापित सहकारी संस्थाको कुल पुजी १ करोड ७५ लाख ८८ हजार ७११ रुपैयाँ २३ पैसा रहेको छ ।
शनिवार सम्पन्न प्रथम अधिबेशनले मिना लम्साल अर्यालको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र कमला पोखरेल ढकालको अध्यक्षतामा ५ सदस्यीय लेखा समिति समेत निर्बिरोध रूपमा चयन गरेको छ। भबिस्य निर्माण साना किसान कृषि सहकारी संस्था लि। का अध्यक्ष मिना अर्याल को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती छत्रकोट गा.पा उपाध्यक्ष साबित्रा ज्ञवाली रहनु भएको थियो । त्यस्तै विशिष्ट अथितीमा छत्रकोट ५ का वडा अध्यक्ष राम प्रसाद कंडेल र वडा नम्बर ६ का वडा अध्यक्ष नारायण रेस्मी रहनु भएको थियो ।
सीता सोमरे बगालेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहकारी संस्थाका सदस्य लक्ष्मी घिमिरे , सल्लाहाकार समिति सदस्य कालिदास आत्रेय , पुर्ब कार्यपालिका सदस्य कमला ढकाल ,साना किसान सहकारी संस्था गौडाकोट्का शाखा प्रमुख भुपाल थापा , पुर्ब वडा अध्यक्ष एबम सल्लाहकार समिति सदस्यहरु थम्मन ज्ञवाली , कृष्ण पन्त , सल्लाहकार समिति सदस्यहरु लोक बहादुर ज्ञवाली, तुल्सिराम पन्त वडा अध्यक्ष हरु राम प्रसाद कंडेल , नारायण रेस्मी पुर्ब गा पा अध्यक्ष मधु कृष्ण पन्त लगायत ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संचालन सस्थाका कर्मचारी उषा सिंजालीले गर्नु भएको थियोे ।