प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा सदस्य सुर्य वहादुर थापाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्द‌ै प्रमुख अतिथि थापाले प्युठान जिल्लाको हरेक क्षेत्रको विकासका लागि आफुले पहल गर्ने र खेलाडी रास्ट्रको गहना भएको बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथी एवम् संविधान सभा सदस्य समेत रहनु भएका नारायण प्रसाद अधिकारीले खेलाडीहरुले खेल क्षेत्रबाट रास्ट्रको पहिचान दिन सक्ने भन्दै कुनै पनि भूगोल बाट खेलाडी अगाडि बढन सक्ने बताउनु भयो । यता बिशिस्ट अतिथी रहनु भएका प्रदेश सांसद तुल्सिराम शर्माले हरेक क्षेत्रबाट खेलकुदको महत्त्व रहेको बताउदै स्वास्थ्य,शिक्षा र खेलकुद विद्यार्थीको लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख दुर्गा रेग्मी,प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल र माण्डवी मा .वि का प्राधनाध्यापक मेघराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएकोे थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्न स्थानीय सरकार सधै तत्पर रहेको बताउनु भयो।कार्यक्रममा स्थानीय राजनैनिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम जनप्रतिनिधिहरु,विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि, शिक्षक,बिद्यार्थी लगायत जनसमुदायको उपस्थिति रहेको थियो ।गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास,नृत्य लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरेका थिए। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको थियो।प्रतियोगिता आगामी बुधबार सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation