हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं ।  धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये २ जना प्रक्राउ परेका छन्।  हिजो धनुषाका अमित मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले आज विहान थप एक जनालाई पक्राउ गरेको हो। आज विहान कुटपिट मुद्दाका फरार थुनुवा हरदिप सिंहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए।  त्यहाँ कार्यरत प्रहरीको लापरबाही भएको तीन प्रहरी निलम्बनमा परेका छन्। अन्य ४ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation