कपिलवस्तु महोत्सवको तेस्रो दिन आजका मुख्य कलाकारहरु

उपकार अनलाइन, कपिलवस्तु ।

१३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन आज (विहिवार) आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक तथा दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिए ।

यस्तै निर्देशक रेस्मीले बुधबार ११ औं कपिलवस्तु डान्स आईडलतर्फ २० जना प्रतिस्पर्धीले प्रस्तुति देखाएका थिए । उनका अनुसार आजबाट ति प्रतिस्पर्धीमध्ये क्रमश आउट हुदै जाने छन् । महोत्सवमा अर्को महत्वपुर्ण रुपले हेरिएको गायन आईडल समेत आजैवाट सुरु हुने उनले उपकार अनलाइनलाइ जानकारी दिए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation