रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ  नचाहिने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले रवि लामिछानेका लागि किन चाहियो पूर्णपाठ भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘किन चाहियो  पूर्णपाठ पुराण वाचन गर्ने हो र ?’

यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपालाई गृहमन्त्री मन्त्रालय भाग दिएकाले सो मन्त्रालय उसैले पाउनु पर्ने ओलीको दाबी छ।

आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमती रहेको बताउँदै ओलीले रास्वपाले गृहमन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने  बताए। अध्यक्ष ओलिले  कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउने दाबी गरे।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation