
कपिलवस्तु । विश्व सिमसार दिवसको अवसरमा कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा अवस्थित विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर ताल परिसरको सरसफाइ गरिएको छ । कपिलवस्तुको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको जगदीशपुर ताललाई प्रवद्र्धन गर्ने उद्देश्यले मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको आयोजनामा सरसफाइ गरिएको हो ।
प्राणी जगतको प्राणको रुपमा रहेको जगदीशपुर सिमसार क्षेत्रको सरसफाइमा सानो भएपनि योगदान पुर्याउन पाएकोमा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु परिवार खुसी भएको जिल्ला सभापति माधव घिमिरे बताउनु भएको छ ।
सरसफाइ कार्यक्रममा निवर्तमान सभापति गोबिन्द पोख्रेल, निवर्तमान केकास सदस्य दिल बहादुर कार्की, जिल्ला सदस्य शिव कार्की, पुर्व सचीव, भरत राज न्यौपाने, जगतिशपुर ताल संरक्षण समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थयो ।













