
उपकार अनलाइन, कपिलवस्तु ।
१३ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज (शुक्रवार) चर्चित लोक तथा दोहोरी गायक प्रकास सपुत र लोक तथा दोहोरी गायिका सपना गाहा मगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिए ।
यस्तै विहिवार ११ औं कपिलवस्तु डान्स आईडलतर्फ विहिवार १४ जना प्रतिस्पर्धीले प्रस्तुति देखाएका थिए । बुधबार २० जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । संयोजक विरेन्द्र खाँणका अनुसार विहिवार ४ जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिका छन् भने २ जना अनुपस्थित रहे । आज पनि डान्स आईडलबाट थप प्रतिस्पर्धी बाहिरिने छन् । महोत्सवमा अर्को महत्वपुर्ण रुपले हेरिएको गायन आईडल आजवाट सुरु हुने उनले उपकार अनलाइनलाइ जानकारी दिए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।












