
प्युठान । प्युठानको माण्डवी गाउँपालिका -२ मर्कावाङ्गका वडा अध्यक्ष प्रकाश वलीले सीप तालिम सिक्नु भन्दा पुर्व सहभागिहरु त्यसको व्यवहारिक कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भनेर जानकार हुनु पर्ने बताउनु भएको छ।गाउँपालिकाको आयोजनामाआज देखि सुरु भएको व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष वलीले यस्तो बताउनु भएको हो।
अध्यक्ष वलीले विगत देखिनै सरकारले उद्यमशीलता विकासको क्षेत्र महत्वपूर्ण लगानी लगाउँदै आएको प्रसङ्ग जोड्दै तालिममा सहभागिहरुले त्यसको बेवास्ता नगर्ने पनि विस्वास व्यक्त गर्नु भयो।यस्तै उहाँले विगतमा के गरियो भन्दा पनि वर्तमान समय ,परिस्थिति ,माग,आवश्यकता तथा समस्यालाई वुझेर आधुनिक तरिकाले व्यवसाय गरेमा सफलता प्राप्त हुने बताउनु भयो।
साथै वडा अध्यक्ष वलीले उद्यमीले सीप सिकेर व्यवसायिक बन्न सके उनीहरुले उत्पादन गरेका वस्तु सेवाको बजारीकरण समेत स्थानीय सरकारले गर्ने बताउनु भयो।कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल,कृषि प्राविधिक यज्ञ बहादुर वली लगाएतको आतिथ्यता रहेको थियो।२५जना सहभागी रहेको तालिम माघ २७ गते सम्म सञ्चालन हुने गाउँपालिकाको लघु उद्यम विकास शाखाले जनाएको छ।तालिमको सहजीकरण लघु उद्यम सहजकर्ता टोप बहादुर खत्रीले गर्नु हुने आयोजकले बताएको छ।