गरेमा के हुँदैन भन्ने उदाहरण रच्दै महिला उद्यमीहरु !

प्युठान । प्युठान को माण्डवी गाउँपालिका २ मर्काबाङ्गमा चार जना उद्यमी छन् ,जो सीप सिकेर व्यवसायी वनेका छन्।गत आर्थिक वर्षमा माण्डवी गाउँपालिका द्वारा आयोजित आधारभुत ढाका बुनाई तालिम प्राप्त गरेका ४ जना महिला उद्यमीहरु व्यवसायी वनेका हुन्।

तालिम सकिए लगत्तै व्यवसायी बन्ने सोच बनाएका ती महिलाहरुलाई गाउँपालिका सरकारले नि:शुल्क रुपमा २ वटा मेसिन प्रदान गरेको थियो।प्युठानमा यही फागुन -४ देखि स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ सुरु हुँदैछ,जहाँ अतिथि सम्मानका लागि आवश्यक खादाको माग समेत सोही लघु उद्यमी समुहवाट भएको छ।

चार जनाले सामुहिक रुपमा सुरु गरेको व्यवसायवाट दैनिक २/२वटा दरले ८ वटा सम्म खादा बनाउन सकिने समुहकी अध्यक्ष हिमकली घर्तीले बताउनु भयो।उनीहरुले अहिले माग अनुसार बर्की,सल,खादा आदि उत्पादन गरि विक्री गरिरहेका छन्।आर्थिक रुपमा समेत केही आत्मनिर्भर हुने अवस्था बन्दै गएको उनीहरुको बुझाई छ।उता प्रभावकारी मेसिनको अभावका कारण वजार माग अनुसार वस्तु तथा सेवाको उत्पादनमा समस्या भैरहेको उनीहरुको गुनासो छ।

व्यवसायको थप विस्तारका लागि स्थानीय सरकारसँग स्तरोन्नति तालिम तथा आवश्यक प्रविधिको समेत माग भैसकेको उनीहरुको भनाइ छ।विगत देखिनै सरकारले उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण लगानी लगानी लगाउँदै जाँदा पनि पछिल्लो समय अनुदानका साथै तालिम लिने तर काम नगर्ने बेथिति बढ्दै गएको छ।उसो त उनीहरु जस्तै काम गर्ने सफल उद्यमीको स्तरोन्नति र प्रोत्साहनमा सरकारको ध्यान पुग्नु जरुरी छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation