बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न

प्युठान। माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा नाटक प्रस्तुत गरिएको थियो।यस्तै सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुत गरिएको थियो।
साथै आज बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटामा प्रस्तुत गरिएसँगै कार्यक्रम अौपचारिक रुपमा सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो ।राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुत गर्नु भएको ३ दिने सडक नाटकको सहजीकरण कार्यक्रमका निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडा नं.-१का अध्यक्ष वाम बहादुर वुढा,वडा नं.-२का अध्यक्ष प्रकाश वली ,वडा नं.-३का अध्यक्ष धनेन्द्र कार्की,वडा नं.-४का अध्यक्ष डिल बहादुर घर्ती , वडा नं.-५ का अध्यक्ष दुर्गाप्रसाद आचार्य ,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु ,स्थानीय राजनितीक दलका प्रतिनिधि , कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सङ्ख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै अभियानलाई सफल पार्नसहयोगी भुमिका निर्वाह गर्ने सवै निकायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।यस्तै नाटकमा सिकाईएका कुराहरु बालवालिका र सम्वन्धित बालवालिकाका अभिभावकहरुले व्यवहारिक कार्यान्वयन गरेमा वास्तविक रुपम‌ै बालविवाह न्युनिकरण हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले विस्वास व्यक्त गर्नु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation