समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा MPDSR (Maternal and perinatal death surveillance and response)  अर्थात् मातृ र प्रसव मृत्यु निगरानी र प्रतिक्रिया सम्बन्धी समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र ,हुँगा स्वास्थ्य चौकी,पल्लिकोट स्वास्थ्य चौकी, हर्दिनेटा स्वास्थ्य चौकी,खर्ज्याङग् स्वास्थ्य चौकी र दौघा स्वास्थ्य चौकीमा आज एकै दिन स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल पर्शनबाट सहजीकरण भएको कार्यक्रममा गाउँपालिकाका ८६ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो। अभिमुखीकरणमा प्रसुती भएको ४५ दिन सम्म र १२ बर्ष देखि ५५ बर्ष उमेर समुहका कुनै पनि महिलाको मृत्यु हुनुका कारण बारे खोजतलास गरी रिपोर्टिङ गर्ने बारे प्रशिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संय‍ोजक श्यामसुन्दर पोख्रेलले बताउनु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation