
कपिलवस्तु । तेह्रौं कपिलवस्तु महोत्सव को समापन लगत्तै आज फाल्गुन १ गते कपिलवस्तु उद्योग बाणिज्य संघ को पन्ध्रौं बार्सिक साधारणसभा सप्पन्न भएको छ।कार्यक्रम मा लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री माननीय बिष्णु पन्थी प्रमुख अतिथी का रुपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम मा दिप प्रज्वलन गरि कार्यक्रम को उदघाटन गरि राज्य संचालनमा निजिक्षेत्र को महत्त्वपूर्ण भुमिका रहेकोले अहिले को जटिल आर्थिक अवस्था मा हतोत्साहित नभै आआफ्ना ब्यापार ब्यबसाय लाई संचालनमा अगाडि बढाइरहन आग्रह गर्नुभएको थियो। यश क्षेत्र का ब्यापार ब्यबासाइ को हक हित र संरक्षणमा कपिलवस्तु उद्योग बाणिज्य संघ ले अभिभावक्त्व गरि निजि क्षेत्र लाई प्रोत्साहन गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो।
यश क्षेत्र का सबै जनाताले आफ्नो अमुल्य मत प्रदान गरि मलाइ प्रदेस सभा सदस्यमा निर्वाचित गराउनु भएकाले आफू भरखरै स्वास्थ्य मन्त्री को रुपमा नियुक्त हुन सकेकोले सबै प्रती धन्यवाद प्रकट गर्दै स्वस्थ्य को क्षेत्र मा महत्त्वपूर्ण काम गरेर सबै नागरिक का लागि राहात को अनुभुती गराउने कुरा ब्यक्त गर्नु भएको थियो।कार्यक्रम मा संस्थाका बरिस्ठ उपाध्यक्ष छवि रेश्मिले स्वागत मन्तव्य राख्नु भएको थियो भने,सुनचाँदी ब्यबसायिका दिल बहादुर खाती,नागरिक समाज का अध्यक्ष दोलख बहादुर पछाइ,संस्था का पुर्ब अध्यक्ष यज्ञ प्रसाद भट्टराई लगायत ले कार्यक्रम तथा संस्थाको प्रगती र सफलता को शुभकामना ब्यक्त गर्नुभएको थियो।कार्यक्रम मा संस्था मा आवद्ध यश क्षेत्र का उल्लेख्य ब्यापार ब्यबसाइ हरुको उपस्थिति रहेको थियो।
कार्यक्रम मा महासचिव मनोज पौडेल ,कोषाध्यक्ष बिनोद पन्थ,लेखा समिति संयोजक मोहन न्यौपाने ले आआफ्ना प्रतिबेदन प्रस्तुत गरि छलफल सहित पारित गराउनु भएको छ।कार्यक्रम को संचालन संस्था का महासचिव मनोज पौडेलले गर्नु भएको थियो।