उपकार अनलाइन, बाणगंगा ।
बाणगंगा बैंकर्स क्लबको अध्यक्षमा सिटिजन्स बैंक इन्टरनेशल पिपरा शाखाका शाखा प्रमुख भिमकान्त भट्टराई चयन भएका छन् ।
बाणगंगा बैंकर्स क्लबको अधिवेशन मार्फत भट्टराईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । बाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ वर्ष अगाडी बैंकर्स क्लबको गठन गरेका थिए । त्यस्तै बैंकर्स कल्बको उपाध्यक्षमा ग्लोबल आइएमइ बैंक बनगाइ शाखाका शाखा प्रमूख मनोज शर्मा र एनआइसि एसिया बैंक जितपुर शाखाका शाखा प्रमूख तारानाथ भुसाल चयन भएका छन् । नेपाल इनभेष्टमेन्ट मेगा बैंक जितपुर शाखाका शाखा प्रमूख राजेन्द्र शर्मालाई सचीवको जिम्मेवारी प्रदान गरिएको छ । क्लबको कोषाध्यक्षको जिम्मेवारी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक जितपुरका प्रमूख माधव घिमिरेलाई प्रदान गरिएको छ ।
बाणगंगा नगरपालिका भित्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका प्रमूखहरू बैंकर्स क्लबको सदस्य रहने बाणगंगा बैंकर्स क्लबले बैंकर्सको पेसागत हकहितका लागि काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।