
गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी सुरुवात भएको छ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको छ । खेल वडा न ६ को सुर्यपुरा बहुमुखी क्याम्पसको खेल मैदानमा सुरू भएको हो ।
खेलको उद्घाटन रुपन्देही क्षेत्र नं. पाँचका संघीय सांसद बासुदेव घिमिरेले गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले पालिका स्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुभयो । खेलले खेलाडी उत्पादनमा मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । सांसद घिमिरेले क्षेत्र न पाँच भित्र कृषिको लागि मल गौसाला निर्माणको लागि आफू लागि परेको बताउदै कार्यक्रममा विद्यार्थी खेलाडीहरूको लागि अग्रिम बिजयीको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालले प्रतियोगिता हार र जीत नभई मित्रता बढाउन र खेलाडीहरूमा रहेका प्रतिभा देखाउने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताउदै खेलमा सम्पूर्ण सहभागी बिद्यालयलाई जितको शुभकामना दिनु भयो।
निवर्तमान गाउँपालिका अध्यक्ष बच्चुलाल केवट वडा अध्यक्ष बिजय शर्मा वडा अध्यक्ष मिना थापा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिदै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा बिद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले स्वागत मन्तव्य राख्दै खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद बिकासलाई सकारात्मक टेवा पुग्ने बताउदै गाउँपालिकाले गौरवका योजना गैडहवा ताल एसोधरा पार्क गौसला लगाएत गाउँपालिकाले अगाडि बढाएको बताउनु भयो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी अभिभावक पत्रकार लगाएतको उपस्तिथि रहेको थियोे । साथै कार्यक्रममा बिच बिचमा बिद्यार्थी हरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख माधव पौडेलले गर्नु भएको थियो ।