
कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तुद्धारा आज राष्ट्रिय कवि गोष्ठि, रचना वाचन, कृति विमोचन, तथा स्रष्टा सम्मान कार्यक्रम सम्मपन्न गरिएको छ ।
बाणगंगा नगरपालिका १ माछापुच्छ होटलमा दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, गजलकार बुंद रानाको प्रमुख अतिथ्यता, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थी, बाणगंगा नगरपालिका प्रमुख चक्रपाडी अर्यालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय स्तरमा ख्याति प्राप्त साहित्यिक सर्जकहरु अतिथ रहेको कार्यक्रममा बाणगंगा नगरपालिका १ मन्दे्रेली टोल निवासी तथा रेडियो हर्टविर्टका संचालक समिति अध्यक्ष धातानन्द भुसाल र उहाँको जिवन सहयात्री भगवती देवी भुसालले आफ्ना बुबा आमाको स्मृतिमा स्थापना गर्नुभएको शिव तुल्सा छन्द रथि साहित्य सम्मान कास्की पोखराका मुर्धन्य, छन्दवादी सहित्यकार माधव वियोगीलाई प्रदान गरिएको थियो ।
यसैगरि कार्यक्रममा स्रष्टाहारु देवि पन्थी, मोहन ज्ञवाली, आशुतोष कडेल, दिलिप कार्की र पार्वता शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजलकार बुंद रानाले बाल स्रष्टाहरुलाई प्रेरणा र हौसला प्रदान गर्दै कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शक स्रोताहरुलाई समसामयिक विषका गजल र गित प्रस्तुत गरि मन्त्रमुग्ध पार्नुभएको थियो । यसैगरि कास्की पोखराका मुर्धन्य साहित्यकार माधव वियोगिले नेपाली कविता विधामा छन्दको महत्व, गरिमा र आवश्यक्तको बारेमा प्रकाश पार्नुभएको थियो ।
बाल स्रष्ठा पवन अधिकारीको अन्यायको आशु भन्ने कविता संग्रहको विमोचन समेत गरिएको कार्यक्रमको संचालन भने संस्थाका उपाध्यक्ष दुर्गा ज्ञवालीले गर्नुभएको थियो ।