फागुन १७ गते बाट हुन लागेको सैनामैना महोत्सवको तयारी तिब्र

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मुल नाराको साथ सैनामैना व्यापार संघको आयोजनामा पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुँदै छ । यहि फागुन १७ गते देखि २८ गते सम्म सैनामैना २ कालिका चोकमा महोत्सव संचालन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको अहिले सम्म ३० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला सफल बनाउनका लागी संस्थाका अध्यक्ष सुरेन्द्र पौडेलको संयोजकत्वमा विभिन्न समिति तथा उपसमिति गठन गरि तयारी थालिएको छ । महोत्सवले सैनामैनामा रहेको पर्रोहा बोलबम धाम, मलमला मन्दिर, ऐतिहासिक बौद्धकालिन सैनामैना क्षेत्र लगायतका सांस्कृतिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्न र महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको सैनामैना व्यापार संघका अध्यक्ष पौडेलले बताउनु भएको छ । महोत्सव सफल बनाउनका लागि विभिन्न संघ संस्था, राजनैतिम दल, विद्यालय, सुरक्षा निकाय तथा पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रम गरिसकेकोे पौडेलले उपकार अनलाइनलाइ जानकारी दिनु भयो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation