दाङमा सिँचाइ कुलाेमा डुबेर एक जनाकाे ज्यान गयाे

 दाङ । सिँचाइ कुलो  (नहर)मा डुबेर आज बिहान दाङमा एक जनाको  ज्यान गएको छ ।

देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान  गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रहरीका अनुसार डाँगीको बुधबार बिहान  कुलोमा डुबेर ज्यान  गएको हाे ।

डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation