कपिलवस्तुमा लागु औषध सहित एक युवक पक्राउ

उपकार अनलाइन, बाणगंगा ।
कपिलबस्तुमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु शिबराज न.पा. ४ चनई बस्ने बर्ष २६ को दुर्गा जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।

बुधवार दिउसो महाराजगंज न.पा.०६ स्थित बहादुरगंज तौलिहवा सडक खण्डको कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा लागु औषध भेटिएको हो । उनको साथबाट ४५ ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी निजलाई पक्राउगरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation