उपाध्यक्ष कालाथोकीको भुमिका थप क्रियाशील बन्दै

प्युठान। माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो गतिविधि र भुमिकालाई थप सशक्त र क्रियाशील बनाउनु भएको छ।
केही समय अगाडि मात्र सार्वजनिक गर्नु भएको आफ्नो लोकप्रिय कार्यतालिका बमोजिम आफ्नो भुमिकालाई थप मजवुत बनाउन लाग्नु भएको हो। जस अन्तर्गत आज वडा नं १ तिरामका वडा अध्यक्ष वाम बहादुर बुढा सहित स्थानीय वुद्धिजीवी लगाएतका सरोकारवाला व्यक्तित्वहसँग विविध विषयमा छलफल गर्नु भएको छ। यस्तै उपाध्यक्ष कालाथोकीले आज‌ै तिराम वडा कार्यालय ,घुर्किचौर हुँदै सरुमारानी जोडने मोटर बाटो र बाढीले नष्ट गरेका कुलोहरुको अनुगमन गर्नु भएको छ।

अनुगमनका क्रममा उपाध्यक्ष कालाथोकीले प्राबिधिक लागत अनुसार प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको छ। अनुगमनमा उपाध्यक्ष कालाथोकी, वडा अध्यक्ष बुढा, गाउँकार्यपालिका सदस्य एवम् गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार, गाउँसभा सदस्य ऋषि अधिकारी ,प्राविधिक धन बहादुर घर्ती मगर, सहित स्थानीय वुद्धिजीवी ,समाजसेवी लगाएको उपस्थिति रहेकोे थियो।

 

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation