
उपकार अनलाईन, सैनामैना ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८ औ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न हुदैछ । ‘सफा पानी पिउँ, निरोगी बनौं’ भन्ने मुल नारा साहित सम्पन्न हुन लागेको सस्थाको बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा मुर्गिया बजार क्षेत्र परिसरमा सरसफाई सम्पन्न गरेको छ ।
विहिवार सम्पन्न सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश क्षेत्र नं. ५ संघिय सांसद बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, संस्थापक नगर प्रमुख चित्र बहादुर कार्की समेत हातमा कुचो लिएर सहभागी हुनुहुन्थ्यो । यस्तै यस क्षेत्रका बौद्धिक तथा सामाजिक व्यक्ति, खानेपानी कार्यसमिति, सुरक्षा योजना टोली, टोल बिकास संस्था, कार्यालयका कर्मचारीहरुको सहभागीतामा सचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८ औ बार्षिक साधारण सभा शुक्रवार हुदै छ ।