राष्ट्रपति निर्वाचनमा माओवादीसहित चार दल एकैठाउँ उभिए

काठमाडौं । चार दलले आज अपराह्न ५ बजे राष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउने भएको छ। बालुवाटारमा बसेको चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बजे राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिए।

उनले चार दलबीच साझा समझदारी बनेको र आ–आफ्ना पार्टीभित्र छलफल गरेर टुंगो लगाउने बताएका हुन्।

राष्ट्रपतिको उम्मेदवारको रुपमा कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट प्रस्ताव आएको थियो।
‘कांग्रेसले आफ्नो राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गर्यो। अन्य प्रस्ताव पनि आएको छ। हामी एकै ठाउँमा उभिन्छौं। प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation