
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँँदा एक जना गम्भीर घाइत भएका छन् । विजयनगर– ५ हुलाकी सडकमा बा ३ क ४२८ नम्बरको टिप्परले लु ५५ प १७३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा विजयनगर १ नयाँ गाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय नगेन्द्र कुमाल गम्भीर घाइते भएका छन् ।
त्यस्तै मोटरसाइकल पछाडी सवार २१ वर्र्षीय कमल कुमाल सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । घाइतेहरुको उपचार सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा भइरहेको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले जानकारी दिए । टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।