कपिलवस्तु नगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत पौडेलको बिदाई

कपिलवस्तु | बिगत २ वर्ष देखि कपिलवस्तु नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको आज कपिलवस्तु नगरपालिकाले बिदाई गरेको हो ।

कपिलवस्तु नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको माडी नगरपालिका चितवनमा सरुवा भएको हुँदा आज कपिलवस्तु नगरपालिकाले फेरि भेटौला कार्यक्रम अन्तर्गत बिदाइ गरेको हो ।

कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल , सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख , वडाका कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितमा फेरी भेटौला कार्यक्रममा उँहाको आगामी कार्यकालको सफलता सहित उज्ज्वल भविष्य, उतरोत्तर प्रगतिको कामना सहित बिदाई गरिएको हो |

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation