पाचौं सैनामैना महोत्सवमा स्टल बुकिङ्गको काम तिव्र

विमल गैरे, सैनामैना ।
पाचौं सैनामैना महोत्सवमा स्टल बुकिङ्गको कामलाई तिव्रता दिईएको छ । यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नाराका साथ महोत्सव सैनामैना–२, कालिका चोकमा हुदैं छ ।

महोत्सव उद्धघाटन हुन अब ४ दिन मात्र बाँकी छ । स्टल निर्माणको काम सकिन लागेको र स्टल बुकिङ्गको काम धमाधम भइरहेको स्टल संयोजक देवीदत्त सुवेदीले उपकार अनलाइलाई जानकारी दिनुभयो ।

‘स्टलमा विशेष गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिईन्छ ।,’ उहाले भन्नुभयो ‘यस क्षेत्रका उद्योगी व्यवसायीलाई राहत दिलाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ महोत्सवमा करिब १ सय ५० स्टल रहने जानकारी गराउदैं हालसम्म करिब ५० भन्दा वढी स्थानिय उद्योगीहरुले स्टल बुकिङ्ग गरेकोे बताउनु भयो । सम्पर्कमा धेरै आएका छन तर प्राथमिकता स्थानियलाई दिइएको कारण बाहिरवाट आउने स्टलहरुलाई १५ गते पछाडी मात्र दर्ता गर्ने सुवेदीले बताउनुभयो । ‘महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा होइन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो निती हो ।,’ उहाले भन्नुभयो ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने गरी स्टलहरु निमार्ण तथा महोत्सव स्थलको सौन्दर्यीकरणको काम भइरहेको जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation