‘प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनु भएको छ तर सम्झौताअनुसार भोट हाल्नुहुन्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौता अनुसार नै नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताएका छन्।

केन्द्रीय सचिवालय बैठकपछि पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठ्यारो​ पर्‍यो दबाब आयो भनेर भने पनि आफ्नो उम्मेदवारलाई भोट हाल्ने कुरामा आफू विश्वस्त रहेको बताए।

‘प्रचण्डजीले मलाई दबाब पर्यो, अप्ठ्यारो पर्यो भनिरहनु भएको छ। तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने यकिन नै छ,’ उनले भने।

उनले ८ दलीय गठबन्धन नबनेको दाबी गर्दै चिया खान गएका सबैले कांग्रेस उम्मेदवारलाई भोट नहाल्ने दाबी गरे।

८ दलीय गठबन्धनको भोट नआउने भयो नि! भन्ने प्रश्नमा उनले भने, ‘कसले गनेछ? दल गनेको कि भोट गनेको? कहाँ आठ दलको समर्थन थियो? चिया खान बोलाएको जति सबैले भोट दिन्छन्?’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation