
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले देउसी भैलोको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
क्वलको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभा कार्यक्रमबाट भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमला वि.क र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खनाललाई सो अक्षकोषको रकम हस्तान्त्रण गरिएको हो ।
२०७९ सालको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्ये ५० हजार राशीको प्रयास बाल प्रतिभा पुरस्कार नामक अक्षकोष स्थापना गरीएको क्लवका अध्यक्ष हिमु खनालले जानकारी दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरु भित्र रहेको अतिरिक्त क्रियाकलाप अन्तरगतको प्रतिभालाई पुरस्कार प्रदान गर्ने उद्देश्य सहित सो अक्षकोष स्थापन गरिएको क्लवका कोषाध्यक्ष विष्णु पाण्डेले बताए । प्रयास सामाजिक युवा क्लवले शनिबार कार्यालय परिसर भर्तापुरमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सम्पन्न साधारणसभा कार्यक्रममा क्लवका अध्यक्ष हिमु खनालको अध्यक्षता सहित वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै समासेवी हरिराज घिमिरे, नारायण खनाल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल र संगम टोलविकास संस्थाका अध्यक्ष हरिबहादुर खनालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि र क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।क्लवका उपाध्यक्ष कृष्ण खनालको स्वागत र सचिव मिराकुमारी निउरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वडा अध्यक्ष पौडेलले भलवाडका युवा क्लवहरुलाई एकिकृत गरी प्रयास सामाजिक युवा क्लवले वडा स्तरीय क्लवको रुपमा नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । युवा क्लवहरुले पारदर्शी ढङ्गले आफ्ना आम्दानी र खर्चका विवरण प्रतिवेदन मार्फत सार्वजनिक गर्नु सुखद पक्ष रहेको बताए । उनले युवा क्लवहरुसँग साथमै रहेर काम गर्न वडा कार्यालय तयार रहेको भन्दै अझै सामाजिक हितका काममा क्लव अगाडी बढ्नेमा आफु विश्वस्त रहेको बताए ।
यस्तै कार्यक्रममा समाजसेवी नारायण खनालले युवाहरुले स्वदेशमा सहज वातावरण नपाउँदा विदेशिनुपर्ने बाध्यता रहेका कारण युवा वर्गको उपस्थिति कम रहेको बताए । उनले युवाहरुले समाजका नेतृत्वदायी पदमा स्पेश नपाउनु र स्वदेशमा जिविकोपार्जनको ग्यारेण्टी नहुदा युवाहरु विदेश पलायन हुने अवस्थाको सिर्जना भएको उल्लेख गरेका छन् ।
यस्तै साजसेवी हरिराज घिमिरेले प्रयास सामाजिक युवा क्लवले केही नयाँ कामको सूरुवात गर्नुपर्ने भन्दै युवाहरुलाई सकेसम्मको साथ दिनआफु तयार रहेको बताएका थिए । उनले युवाहरु पनि आफै जागरुक हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा क्लवका अध्यक्ष हिमु खनालले क्वलको भावी योजनासहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए भने कोषाध्यक्ष विष्णु पाण्डेले आर्थिक वर्ष २०७८÷७९को आर्थिक प्रतिवदेन सार्वजनिक गरेका थिए ।
यसैबिच सोही कार्यक्रममा अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले चालु आर्थिक वर्षका लागि प्रयास सामाजिक युवा क्लवलाई विभिन्न दुई शिर्षकमा चार लाख पचास हजार बजेट विनियोजन गरेको भन्दै उक्त बजेटको सहि सदुपयोग हुनेगरी काम गर्न आग्रह गरेका छन् ।