
कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन भएका छन् । शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
जसको महिला उपाध्यक्षमा दिपिका वि.क., उपाध्यक्षमा धनिराम कोरी, सचिवमा सागर वि.क., कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज वि.क. चयन भएका छन् भने सदस्यहरुमा अंशु ढकाल वि.क., प्रमोद हरिजन र सेम्ला वि.क. चयन भएका हुन् ।
नवनिर्वाचित कार्यसमतिले अब जिल्लामा दलित पत्रकारलाई एकतावद्ध गराई दलित समुदायका मुद्धालाई शसक्त रुपमा उठान गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शम्भु वि.क.ले बताए ।