राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत

बुटवल। नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन्।
शनिवार सम्पन्न संघको १३ औं जिल्ला अधिवेशनले बुटवलका बस्नेतको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी गठन गरेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले जनाएको छ।

अधिवेशनले अध्यक्षमा बस्नेतसंगै उपाध्यक्षमा दिपक खड्की र सचिबमा तिलोत्तमाका दिपेश कडेंललाई चयन गरेको छ।
यसैगरी अधिवेशनले उप सचिबमा नवराज मल्ल र मधु श्रेष्ठ तथा कोषाध्यक्षमा नारायण थापालाई सर्वसम्मत रुपमा चयन गरेको युवा संघले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको १२ औं अधिवेशन सम्पन्न भएको करीव १५ बर्ष पछि १३ औं अधिवेशन भएको हो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation