
अर्घाखाँची । भुगोलको दृष्टिले नेपालकै ठूलो शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
देश भित्र बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै भेषभुसा ,रहनसहन ,संस्कृति ,रितीरिवाज रहने भएकाले देशको आदिबासी भुमिपुत्र मगरजातिको पनि आफ्नै पहिचान भएकाले मगर दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख छबिलाल पौडेलले बताए ।
यस नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरूमा मगर दिवसको दिन फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए ।