दलित समुदायको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका १ मा फागुन १४ गते देखि संचालन भएको ३ दिने दलित समुदायको लागि क्षमता विकास तालिम मंगलवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका १ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा संचालित रेडियो हर्टविटको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

रेडियो हर्टविटका संचालक समितिका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, बाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगरको प्रमुख आतिथ्यता, वडा नम्बर १ का वडा सदस्य सिता सुनार, राज कुमार चौधरी, रेडियो हर्टविटका पुर्व सञ्चालक समिति अध्यक्ष कृष्ण प्रसाद भट्टराई र रेडियोका स्टेसन म्यानेजर अशोक पौडेलको विशिष्ट आतिथ्यतामा तिन दिने क्षमता विकास तालिमको आज समापन गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगरले आफ्नो वडामा पछि परेका वर्गहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिमलाई अब आफ्नो व्यावाहारमा लागु गर्न सके मात्र तालिमको औचित्य रहने बताउनु भएको थियो ।वडावासीहरुको हरेक सुखदुखमा सहयोग गर्नको लागि वडा सधै तत्पर रहेका बताउँदै यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।


त्यस्तै रेडियो संचालक समितिका अध्यक्ष धातानन्द भुसालले पहिला र अहिलेको समयमा निक्कै धेरै परिवर्तन भएकोले हरेको व्याक्तिले आफ्नो क्षमाता विकास गर्नु अनिवार्य जस्तै भएको बताउनु भएको थियो । तिन दिने तालिममा दलित समुदायका युवति सहित वृद्ध आमाहरुको समेत सहभागि हुनु यस तालिमको निक्कै राम्रो पक्ष भएको उहाँले बताउनु भएको थियो । रेडियो हर्टविट आवाज विहिनहरुको आवज भएकोले समाज सगँ सहकार्य गर्न सधै तत्पर रहेको उहाँले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै रेडियो संचालक समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद भट्टराईले रेडियो र वडाको सहकार्यमा गरिएको क्षमता विकास तालिमले लक्षित वर्गमा सकरात्मक प्रभाव परेको विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै एफ.एम.का स्टेसन म्यानेजर अशोक पौडेलले हामि आफ्नै डर र लाजले गर्दा समाजमा पछि परेको भन्दै त्यसलाई हटाउनको लागि यो तालिम निक्कै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । तालिमका प्रशिक्षक समेत रहनुभएका पौडेलले तालिममा सिकेका कुराहरु महिला दिदिबहिनिहरुले आफ्नो परिवारका सदस्यहरुलाई समेत सिकाउनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै तालिममा सहभागि दिक्ष सुनारले तिन दिने तालिमले आफुहरुमा धेरै परिवर्त ल्याएको भएपनि यस्ता तालिमको अवधिलाई अझै बढाउन सकेको भए थप कुरा सिक्ने अवसर मिल्ने बताउनु भएको थियो । सुरुका दिनमा परिचय गर्न समेत गारो भएको तर अन्तिम दिनमा आउँदा सम्म अगाडि आएर मन्तव्य समेत राख्न सक्ने क्षमता विकास गर्न सकेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।


बाणगंगा नगरपालिका १ का दलित समुदायको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा करिब ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको अन्तिम दिन सहभागिलाई प्रमाण पत्र प्रदान गर्दै विदा गरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation