
प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो। त्यस यता उहाँको भुमिकामा उल्लेख्य सुधार आएको अधिकांशको प्रतिक्रिया छ। अनुगमन समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले विकास निर्माणका विभिन्न आयोजना ,महत्त्वपूर्ण परियोजना रकार्यक्रम सँगै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायहरु माथिको अनुगमनलाई तिव्रता दिदै आउनु भएको छ।
शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष कालाथोकीले शैक्षिक संस्थाहरुको अनुगमनलाई समेत बढवा दिनु भएको छ।जस अन्तर्गत उपाध्यक्ष कालाथोकीले हाल सम्म गणेश प्राथमिक विद्यालय माण्डवी –१ तिराम,सुन्नानी आधार माध्यमिक विद्यालय माण्डवी –२ मर्काबाङ,माण्डवी माध्यमिक विद्यालय नयागाउँ,कृष्ण आधारभुत विद्यालय माण्डवी –३ मार्सिबाङ ,भवानीश्वरी आधारभुत विद्यालय जस्पुर र कामाक्षी माध्यमिक विद्यालय माण्डवी –४ उदयपुरकोटको अनुगमन सहित विशेष अन्तरक्रिया सम्पन्न गर्नु भएको छ।उता भवानीश्वरी आधारभुत विद्यालयका शिक्षक दिपक जिसीले अनुगमन र अन्तरक्रिया सकरात्मक रहेको प्रतिक्रिया दिनु भएको छ। साथै गाउँपालिका भर सञ्चालित सम्पुर्ण प्राथमिक,आधारभूत तथा माध्यमिक विद्यालयहरुको अनुगमन गरि विशेष अन्तरक्रिया मार्फत शैक्षिक क्षेत्रको समस्या समाधानमा केन्द्रित बन्ने उहाँको प्रतिवद्धता छ। आफुले गरेको अनुगमन तथा अन्तरक्रिया मार्फत शैक्षिक उपलब्धिलमा सुधार ल्याउन शिक्षकमात्र जिम्मेवार नभई सम्बन्धित विद्यार्थी र स्वयम् अभिभावक पनि जिम्मेवार हुने सन्देश प्रवाह गरेको उहाँको विस्वास छ।
यस्तै न्यायिक समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कालाथोकीले कार्यतालिका अनुसार हरेक हप्ताको शुक्रबार भने न्यापालिकामा विचाराधीन मुद्दाका विषयमा केन्द्रित बन्नु भएको छ।यसै विच उपाध्यक्ष कालाथोकीले आज माण्डवी गाउँपालिका ३जस्पुर बजार अन्तर्गत जडान गरिएका सडक वत्ती÷सोलारको अनुगमन गर्नु भएको छ।यसरीअधिकांश पालिकाबासीहरुले उपाध्यक्ष कालाथोकीको पछिल्लो सक्रियतालाई स्वागत गर्दै स्थानीय सरकार वास्तविक रुपमै विकास र समृद्धि को पाटोमा केन्द्रित बन्न थालेको प्रतिक्रिया दिने गरेका छन्।












