चन्द्रौटामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पानीमा डुबेकाले शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक कपिल शाहीले बताए। घटनाबारे प्रहरी अनसन्धान समेत शुरु गरेको छ।

महिलाको शवको पहिचान गर्न नसकिएको र हत्याको आशंका गरिएको छ। दुर्गन्धित क्षेत्र रहेकाले शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation