सार्बजनिक बिदामामा पनि स्वास्थ्यकर्मिलाइ नागरिकको स्वास्थ्यको चिन्ता

कपिलवस्तु ।  हात्तिपाइले रोगको प्रभावित क्षेत्र को सुचिमा परेको कपिलवस्तु को बाणगङ्गा मा आज सार्वजनिक बिदा सनिवार को दिन पनि नागरिक को चहलपहल बढी हुने क्षेत्र मा हात्तिपाइले रोग बिरुद्दको औसधि बितरण तथा जनचेतना प्रदान गरिएको छ।बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ स्तिथ उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र कि प्रमुख इस्वरा पन्थी को नेतृत्व मा सेवाकेन्द्र कि स्वास्थ्यकर्मी मेनका न्यौपाने सहित को टोलि ले आज सनिवार को दिन सदै लाग्ने साप्ताहिक हाटबजार बैरिया चोकमा बसि हात्तिपाइले रोग विरुद्ध का जनचेतनामुलक ब्यानर ,फोटो सहित आफ्नै उपस्थिति मा नागरिक लाई औषधि सेवन गराउनुभएको छ।हाटबजार मा आउने यश क्षेत्र का धेरै नागरिक हरु औषधि बितरणको बेखबर, आआफ्ना कार्यब्यस्तता वा हेलचेक्राइ बाट छुटेका नागरिक हरुलाइ औषधि सेवन को सकारात्मक प्रभाव का बारे जानकारी गराउदै शारीरिक नापतौल को मापदण्ड मिलाइ औषधि सेवन गराइएको थियो।राज्य को स्वास्थ्य सेवा बिभाग लाई आम जनताको स्वास्थ्यसेवा र तल्लो तहमा रहेका स्वास्थ्यसेवाकर्मी प्रतिको चिन्ता भन्दा प्रगती प्रतिशतको चिन्ता रहेको प्राय स्वास्थ्य गोष्ठी सेमिनार हरुले प्रस्टाएकै हुन्छ।आम जनतालाई बिन्ती भाउ चढाइ विशेष अनुरोध गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य भन्दा माथी उठेर मानबिय स्वास्थ्य सेवा प्रती सेवाकेन्द्रका स्वास्थ्यकर्मी ले देखाएको जनस्वास्थ्य संबेदनसिलता ले आम औषधि सेवनकर्ताको मन जितेको छ।स्थानिय बासिहरुले विभिन्न कारण ले आफुहरु औसधि सेवन गर्न असमर्थ रहेकोमा आज चोकमै सेवा प्राप्त हुंदा स्वास्थ्यकर्मिहरु प्रती उच्च सम्मान ब्यक्त गर्दै सेवाग्राही ढुण्डिराज भट्टराई ,स्वस्तिका बेल्बासे,शोभा भट्टराई ,शंकर क्षेत्री,प्रकाश घिमिरे लगायत सबैले राज्य का ठुला सम्मान देशका हरेक कुना कन्दरामा यसैगरी स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी लाई मिल्नु पने जनाउनुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation